News छैठौं छेडेदह गोल्डकप कार्तिक १ गतेदेखि
गोलनेपाल

आटीचौर । ‘खेलकुदको शान, छेडेदह गोल्डबप बाजुराको पहिचान’ भन्ने नाराका साथ आउँदो कार्तिक १ देखि ७ गतेसम्म छैठौं छेडेदह गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आटीचौर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको असोज २९ गतेसम्म टिमदर्ता खुल्ला गरिएको छ । साथै टिमदर्ता शुल्क १५००० तोकिएको छ । जसमा ३००० पछि फिर्ता हुने गरी धरौटी बुझाउनु पर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको उद्घाटन खेल कै अवसर प ारी विविध साँस्कृतिक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ । साथै सोही अवसरमा मैत्रीपूर्ण फुटबल म्याचको पनि आयोजना गरिने आयोजकले बतायो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments
Advertisement Yamaha Nepal