काठमाडौं । यसै वर्ष घरेलु मैदान मै हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक स्क्वाडमा खेलाडी संख्या २७ मा झारिएको छ ।
यसअघि प्रारम्भिक टोलीमा ४० जना खेलाडीहरु समावेश गरिए तापनि आइतबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीहरुलाई बाहिर निकाल्दै स्कवाडलाई २७ खेलाडीहरुमा झारेका हुन् ।
स्मरण रहोस, यही अक्टुबर १७ देखि ३० तारीखसम्म नेपाल मै आयोजना हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ ।
२७ सदस्यीय स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशिला चौधरी
डिफेन्डर्सः गीता राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, सजनी थोकर
मिडफिल्डर्सः रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, बिमला चौधरी, सरस्वती हमाल
फरवार्डसः रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल, साबित्रा भण्डारी
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा