बिर्तामोड । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकाडेमीका छ जना फुटबल प्रशिक्षार्थी खेलाडीप्रति बिर्तामोडमा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
बिर्तामोड युनाइटेड एफसी र पूर्वेली युवा क्लबको अग्रसरतामा प्राकृतिक विपदमा परी ज्यान गुमाएका ६ जना खेलाडी भाइहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको बिर्तामोड युनाइटेड एफसीका अध्यक्ष भुपेन लिम्बूले जानकारी दिए ।
उनका अनुसार श्रद्धाञ्जलि सभामा पूर्वेली युवा क्लबका अध्यक्ष दिपेन चौधरी, बिर्तामोड युनाइटेडका सदस्यहरु, झापाबाट राष्ट्रिय टोलीमा सहभागी भएका सदस्यहरु र महिला फुटबलरहरु सहभागी थिए ।
सिस्नेरीमा आएको पहिरोमा परी एन्फाद्वारा मकवानपुरमा सञ्चालित एकाडेमीमा प्रशिक्षणरत ६ बाल खेलाडीहरु आदित्य बलम्पाखी, बिकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनले ज्यान गुमाएका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा