News
दोस्रो अर्जुन बस्नेत स्मृति कप कार्तिक १ गतेदेखि
घोराही । खैरा फुटबल क्लब, घोराही–११, दाङको आयोजनामा आउँदो कार्तिक १ गतेदेखि दोस्रो अर्जुन बस्नेत स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
घोराही–११ खैरा स्थित श्री बालकल्याण माविको खेलमैदानमा हुने प्रतियोगिताको असोज २९ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७००० तोकिएको आयोजकले जानकारी दियो ।
ज्ञानेन्द्र डाँगी र जिवन डाँगीको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,००,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा