अर्जुनधारा । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आज भएको खेलबाट इलाम तिनघरेको न्यू भिजन युथ क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको सैनिक ११ विरुद्ध टाइब्रेकरमा भाग्यमानी बन्दै इलामले बाजी मारेको हो । इलामले सैनिकलाई स्तब्ध पार्न ५-४ गोलको नतिजा निस्किएको थियो । दुवै टोलीले निर्धारित समयमा १-१ गोलको बराबरी खेलेका थिए ।
खेलमा सुरुवाती अग्रता सैनिक ११ ले लिएको थियो । सैनिकका लागि सुजन लिम्बूले गोल गरेका हुन् । इलामका खेलाडीले अफसाइड भनेर छाडेको बललाई सुजनले जाली चुमाए ।
तर, पहिलो हाफमै इलामले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो । इन्ज्युरी समयमा पाएको पेनाल्टीमार्फत इलाम खेलका फर्किएको हो । इलामका लागि रमेश क्षेत्रीले गोल गरेका हुन् ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलको छिनोफानो टाइब्रेकरबाट लिइयो । जसमा इलाम ५-४ गोलअन्तरमा विजयीहुँदै फाइनल प्रवेश गर्यो । सैनिक ११ का कप्तान आरके कन्दङवाको प्रहार पोलमा लाग्दै भित्रिएपछि सैनिक स्तब्ध बनेको हो ।
खेलको प्लेयर अफ दी म्याच इलामका विप्लव तामाङ भए । उनले नगद एक हजार पाँच सय प्राप्त गरे । इलामले अब असोज २३ गते झापा एफसी राजगढसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा