News
फिफा रेफ्रीको पारिश्रमिकमा पनि बृद्धि
काठमाडौं । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले नेपालका फिफा रेफ्रीहरुको पारिश्रमिकमा पनि बृद्धि गर्ने निर्णय गरेको छ ।
पारिश्रमिक बृद्धिको निर्णयसँगै अब नेपालका फिफा रेफ्रीहरुले मासिक १० हजार रुपैयाँ पाउने छन् । यसअघि फिफा रेफ्रीहरुले मासिक ६ हजार पाउँदै आएका थिए ।
यो तलब रेफ्रीहरु ले प्राप्त गर्ने म्याच फि भन्दा फरक हो। रेफ्रीहरुले प्रत्यक खेलबाट कम्तिमा २,००० देखी ३,००० सम्म प्राप्त गर्नेछन।
स्मरण रहोस,नेपालमा हाल पुरुष र महिला गरि पाँच फिफा रेफ्री तथा ७ सहायक फिफा रेफ्रीहरु रहेका छन् ।
फिफा रेफ्रीहरुः
नबिन्द्र महर्जन, कबिन्द्र ब्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, अन्जना राई (महिला)
फिफा सहायक रेफ्रीः
ननिराम थापा मगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, बिक्रम चौधरी, किशन यादव, बिना श्रेष्ठ (महिला)
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै