News
हिसुब अष्ट्रेलिया, अन्जल डेनमार्कतिर प्रस्थान
काठमाडौं । फितलो भिजन, कमजोर व्यवस्थापन, अनिश्चित भविष्य र अनिर्णित खेलजगत कै कारण नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम जारी रहेको छ । खासगरी पछिल्ला केही वर्ष यता फुटबल खेलाडीहरु विदेशिने क्रम ह्वात्तै बढेको छ ।
अहिले यही सूचीमा थप दुई राष्ट्रियस्तरका खेलाडीहरुको नाम थपिएको छ । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीमा आफ्नो बलियो उपस्थिति जनाएका क्षमतावान खेलाडी हिसुब थपलिया अष्ट्रेलिया प्रस्थान गरेका छन् भने ए डिभिजन खेलाडी अन्जल गुरुङ डेनमार्क प्रस्थान गरेका छन् । फुटबलमा राम्रो सम्भावना बोकेका हिसुब हालै मात्र अष्ट्रेलिया पुगेका थिए ।
यी दुई खेलाडी प्रतिनिधी पात्र मात्र हुन् । उनीहरुभन्दा अगाडी पनि राष्ट्रियस्तरका कयौं खेलाडीहरुले सुनिश्चित भविष्य कै लागि विदेश पलायन भईसकेका छन् । र, यो सूची निरन्तर लम्बिने क्रम पनि जारी छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान