News यु–१७ एसियन कप छनौटः नेपालको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपालले आफ्नो समूहमा लगातार दुई हार बेहोर्दै छनौट प्रतियोगिताबाटै बाहिरिएको छ । समूह एफमा रहेको नेपालले शुक्रबार जित्नैपर्ने खेलमा आयोजक कतारसँग ५–० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जापानसँग ९–२ को हार बेहोरेको थियो । त्यस्तै कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २–० ले हराएको थियो ।

छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा अंकविहीन नेपालले आइतबार मंगोलियासँग खेल्नेछ । जुन खेल नेपालका लागि प्रतिष्ठाको भिडन्त पनि हुनेछ । त्यस्तै सोही दिन जापान र कतार पनि आमने सामने हुनेछन् ।

(Pic: ANFA)

Post Comments