News
यु–१७ एसियन कप छनौटः नेपालको चुनौति समाप्त
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपालले आफ्नो समूहमा लगातार दुई हार बेहोर्दै छनौट प्रतियोगिताबाटै बाहिरिएको छ । समूह एफमा रहेको नेपालले शुक्रबार जित्नैपर्ने खेलमा आयोजक कतारसँग ५–० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जापानसँग ९–२ को हार बेहोरेको थियो । त्यस्तै कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २–० ले हराएको थियो ।
छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा अंकविहीन नेपालले आइतबार मंगोलियासँग खेल्नेछ । जुन खेल नेपालका लागि प्रतिष्ठाको भिडन्त पनि हुनेछ । त्यस्तै सोही दिन जापान र कतार पनि आमने सामने हुनेछन् ।
(Pic: ANFA)
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)