News
एन्फालाई अदालतको 'कारण देखाउ' आदेश
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अदालतले टिकट बिक्रीबारे कारण देखाउ आदेश जारी गरेको छ । साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट एन्फाले आफै बेच्ने निर्णय गरेपछी पाटन अदालतबाट आदेश जारी भएको हो ।
यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी दर्शकलाई प्रवेश दिइएको भन्दै टिकटिङ अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेण्ट प्रा.लि.सँग को सम्झौता एन्फाले रद्द गरेको थियो ।
यद्यपि यो निर्णयविरुद्ध माउण्ट एभरेष्टले अदालतमा उजुरी दिएको थियो । उजुरीपछी अदालतले एन्फासँग स्पष्टीकरण मागेको हो । साफ महिला च्याम्पियनसिपको फाइनल कै संघारमा देखिएको विवादले एन्फालाई निश्चितरूपमा कानुनी लडाई लड्नुपर्ने सम्भावना देखिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)