News
कतारः तेस्रो सिएफसी कप हुँदै
काठमाडौं । “हाम्रो खेलकुद, हाम्रो स्वास्थ्य” भन्ने नाराका साथ कलेक्सन फुटबल क्लब (सिएफसी), दोहार, कतारको आयोजनामा आउँदो डिसेम्बर ६ तारीखदेखि तेस्रो सिएफसी कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो । कुल १५ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको समापन सन् २०२५ को जनवरी ३ तारीखका दिन हुने पनि आयोजकले जानकारी दियो ।
कतारमा रहेका प्रवासी नेपालीहरुबीच हुने सर्वाधिक धनराशीको यस प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,६६६ कतारी रियाल हात पार्नेछ भने उपविजेताले ४,४४४ कतारी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने