News
एनआरटीसँग पुलिस स्तब्ध, जावलाखेलको पनि जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत अपराजित रहेको नेपाल पुलिस क्लबले आइतबार पहिलो हार बेहोरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दशौं चरणको खेलतर्फ पुलिसले न्युरोडटिम (एनआरटी) सँग ४–२ को हार बेहोरेको हो ।
यो जितपछि १० खेलबाट १९ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस भने २३ अंकका साथ शिर्ष स्थान मै कायम छ ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई ४–१ को अन्तरले हरायो । यो नतिजापछि १० खेलबाट जावलाखेलको खातामा १४ अंक भएको छ भने पराजित सातदोबाटो ४ अंकका साथ पुछारबाट दोस्रो स्थान मै रहेर संघर्षरत छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने