News
स्वदेश फर्कियो राष्ट्रिय फुटबल टोली
काठमाडौं । फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न ताजिकिस्तान पुगेको नेपालको राष्ट्रिय पुरुष फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा प्रवक्ता सुरेश साह लगायत अन्य पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, नेपालले ताजिकिस्तानमा खेलेको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच अन्तर्गत पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई २–० ले हराएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)