News
दोस्रो स्व. गोकुल राउत स्मृति कप मंसिर १५ गतेदेखि

हेटौडा । मनहरी फुटबल क्लब, मनहरी–७, मकवानपुरको आयोजनामा यही मंसिर १५ गतेदेखि दोस्रो स्व. गोकुल राउत स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
मनहरी–७, रमौली स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको मंसिर १२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही नगद ३५००–३५०० सहित ट्रफी हात पार्नेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १००० र ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष आशिष गुरुङ्गले जानकारी दिए ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा