काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनाका वार्षिक रुपमा आयोजना हुँदै आएको साफ यु–२० महिला च्याम्पियनसिप र साफ यु–१९ च्याम्पियनसिपको आयोजक र मिति घोषणा गरेको छ ।
साफ कम्पिटिशन कमिटीको बुधबार बसेको बैठकले सो कुराको निर्णय र घोषणा गरेको हो । जसअनुसार साफ यु–२० महिला च्याम्पियनसिप सन् २०२५ को फेब्रुअरी ११ देखि १९ तारीखसम्म बंगलादेशमा हुने भएको छ ।
स्मरण रहोस, यसै वर्ष सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिप बंगलादेशले नै आयोजना गरेको थियो । जसमा फाइनल पुगेका भारत र बंगलादेश दुवैलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको थियो ।
त्यस्तै साफ यु–१९ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता भने सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारीखसम्म भारतमा आयोजना हुने भएको छ । स्मरणीय छ, यसै वर्ष नेपालमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल