News
एनआरटीको सहज जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा न्युरोडटिम (एनआरटी) ले सहज जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा एनआरटीले घरेलु टोली सातदोबाटो युथ क्लबलाई ३–० को अन्तरले हराएको हो ।
एनआरटीको जितमा इशान शाहले दुई गोल गर्दा थप एक गोल राजन बुढाले गरे । यो जितसँगै ११ खेलबाट २२ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा छ । उता पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै संघर्षरत छ ।
शिर्ष स्थानमा छ भने २६ अंक जोडेको विभागीय टोली पुलिस क्लब रहेको छ । पुलिसले बुधबार नै भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेडलाई ३–१ ले हराएको थियो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन