News
दमक ४ लाई ध्रुवतारा कपको उपाधि
दमक । संघर्षपुर्ण जित निकाल्दै यहाँ सम्पन्न ध्रुवतारा कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक ४ ले जितेको छ । फाइनलमा दमक ४ ले घरेलु टोली दमक ३ लाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने दमक ४ सँग घरेलु टोली दमक ३ निराश बन्न पुग्यो ।
ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बने दमक ४ ले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता दमक ३ ले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा