News
बी डिभिजन लिग माघ दोस्रो सातादेखि (पत्रसहित)
काठमाडौं । पछिल्लो समय यता अनिश्चित बनेको शहिद स्मारक बी डिभिजन लिग पनि यसै वर्ष हुने भएको छ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।
एन्फाका अनुसार बी डिभिजन लिग आउँदो माघ १३ गतेदेखि शुरु हुनेछ । लिगका लागि यही मंसिर २१ गतेसम्म क्लब दर्ता गर्नुपर्ने समेत एन्फाले जनाएको छ । त्यस्तै मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कशप हुनेछ । जसमा क्लबहरुले फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत खेलाडी दर्ता गर्न सक्नेछन् ।
त्यस्तै मंसिर २५ र २६ गतेका दिन क्लब लाइसेन्सिङ वर्कशप हुनेछ भने पुष १३ गतेका दिन प्रतियोगिताको खेलतालिका प्रकाशन गरिने एन्फाले जानकारी दिएको छ ।
विस्तृत पत्रमा पढ्नुहोस्:

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)