News
विभागीय भिडन्त बराबरीमा सकियो, संकटासँग मच्छिन्द्र पराजित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेल्दा संकटा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी र एपिएफले २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्दै अंक बाँडेका हुन् । यो नतिजापछि ११ खेलबाट १७ अंकका साथ एपिएफ आठौं स्थानमा छ भने आर्मी ९ अंकका साथ दशौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको खेलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई ४–२ ले हरायो । यो जितपछि ११ खेलबाट १८ अंक जोडेको संकटा लिगतालिकाको पाँचौं स्थानमा रहँदा समान अंकका साथ मच्छिन्द्र छैठौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा