
देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा शनिबार शान्ति दिप युवा क्लब विजयी भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा साविक पिठौलीका विरुद्ध शान्तिदिप युवा क्लब बिच शनिबार भएको खेलमा शान्तिदिप युवा क्लब विजयी भएको हो ।
शान्तिदिपले साविक पिठौलीलाई ४-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा शान्तिदिप युवा क्लबका जयबहादुर थापा, आशिष सारु, राजन पाठक र अमृत बुढा मगरले १/१ गोल गरेका थिए भने साविक पिठौलीका प्रसिस खनालले गोल गरेका थिए । आजको खेलमा साविक पिठौलीका प्रसिस खनाल म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर, चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा आइतबार देवचुली नगर युवा तथा खेलकुद विकास समितिका विरुद्ध योङ ब्वाइज चितवनका विरुद्ध खेल हुने आयोजकले जनाएको छ ।