News
डुमरवाना भेट्रान्सको फराकिलो जित
सिमरा । डुमरवाना भेट्रान्स क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ । जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा शनिबार सम्पन्न खेलमा डुमरवानाले चकरी युवा क्लबलाई ५-० ले पराजित गरेको हो ।
डुमरवानाको जितमा कृपा चौधरी र सबिन लामाले २-२ गोल गर्दा मोहित गुरुङले एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच मोहित गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार सिंगोल फूटबल क्लब र आयोजक महेन्द्रनगर युथ क्लब `बी´ बीच प्रतिस्पर्धा हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट