News
जेवाईसिसि डुमरवाना महेन्द्रनगर नकआउट फूटबलको सेमिफाइनलमा प्रवेश
जेवाईसिसि डुमरवाना क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकलाई पन्छाउदै डुमरवाना अन्तिम चारमा प्रवेश गरेको हो । जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा बुधबार सम्पन्न खेलमा डुमरवानाले आयोजकको 'ए' टिमलाई १–० गोलले पराजित गरेको हो । डुमरवानाको जितमा सन्देश चौधरीले निर्णायक गोल गरेका थिए । चौधरीले प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीबार पिलुवा फूटबल क्लब र लेभल अप मकवानपुरबीच तेस्रो क्वाटरफाइन खेल हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट