News
मच्छिन्द्र र जावलाखेलको बराबरी, मनाङलाई सफलता
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत १३औं चरणका अन्तिम दुई खेलतर्फ पहिलो खेल बराबरीमा सकिंदा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले रोमाञ्चक जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १३ खेलबाट २२ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको पाँचौं स्थानमा छ । जावलाखेल भने १९ अंकका साथ आठौं स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितपछि १३ खेलबाट २२ अंक जोडेको मनाङ लिगतालिकाको छैटौं स्थानमा छ । उता पराजित आर्मी भने ९ अंकका साथ दशौं स्थानमा छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन