युनिटि युथ वीरगन्जले क्रियटिभ जीतपुरसिमरा भेट्रान कपको उपाधि उचालेको छ ।
सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा प्ले टुगेदर झापालाई ३–१ ले पराजित गर्दै वीरगन्जले उपाधि उचालेको हो । वीरगन्जलाई उपाधि दिलाउन निलेन्द्र देवानले दुई र कृष्ण शाक्यले एक गोल गरे । झापाका लागि नरेन्द्रमणी लिम्बुले एक गोल फर्काए । प्रतिस्पर्धात्मक फाइनल खेलको उपाधि उचालेको वीरगन्जले ट्रफिसहित एक लाख हात पारेको छ भने उपविजेताले ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगन्जका कन्या सुब्बा गुरुङ घोषित भए । विधागततर्फ सर्वाधिक गोलकर्ता वीरगन्जका निलेन्द्र देवान, उत्कृष्ट गोलरक्षक झापाका रुपक गुरुङ, ५० वर्षमाथिको उत्कृष्ट खेलाडी वीरगन्जका सञ्जिव खड्गी घोषित भएका छन् ।
प्रतियोगिता विजेता र उपविजेता खेलाडीलाई मुख्य प्रायोजक क्रियटिभ वर्ल्ड डिजिटल प्रा.लिका अध्यक्ष कमलबाबु चौधरी, सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत, क्लबका अध्यक्ष सोनु क्षेत्री, प्रतियोगिता संयोजक राम पाठक, क्लबका सल्लाहकार ऋषीराज लुईटेलगायतले पुरस्कार वितरण गरेका थिए ।
नव जनजागृति भेट्रान क्लबको आयोजनामा मंसिर ११ गते सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता संयोजक पाठकले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।
- निजगढ फुटबल क्लबका डिफेन्डर सुजित यू-१५ राष्ट्रिय फुटबल टोलीमा छनौट
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने