News
मच्छिन्द्र र आर्मीको महत्वपूर्ण जित
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दै खातामा ३–३ अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलतर्फ मच्छिन्द्रले खुमलटारलाई शून्यका विरुद्ध १ गोलले हरायो । मच्छिन्द्रको जितमा पदम तामाङले एक मात्र निर्णायक गोल गरे । यो जितपछि मच्छिन्द्रको खातामा १४ खेलबाट २५ अंक छ र लिगतालिकाको शिर्ष तीन कै होडमा छ । पराजित खुमलटार भने ७ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।
अर्को खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हरायो । यो जितपछि आर्मीको १४ खेलबाट १२ अंक भएको छ र अझै लिगतालिकाको मध्यतिर संघर्ष जारी छ । पराजित चर्च ब्वाईजको खातामा भने १५ अंक छ । लिगतालिकाको मध्यतिरै कायम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा