आगामी पुस पहिलो सातादेखि सुरु हुने फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले बृद्धि गरिएको छ ।
पुस ६ गतेदेखि गोल्डकपको ११औँ संस्करण सुरु हुँदैछ । २०६५ सालदेखि सुरु भएको गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो । छ वर्षपछि हुन लागेको गोल्डकपको विजेताले नगद १० लाखभन्दा बढी पुरस्कार पाउने घोषणा आयोजकले गरेको छ ।
च्याम्पियन बन्ने टाेलीले १० लाख ५५५ र उपविजेताले नगद ५ लाख ५५५ पाउने छन् । १०औँ संस्करणका विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ पाएको थियो । यो संस्करण झापा ११ एफसीले जितेको थियो ।
यसपटकको विजेतालाई १० लाख ४५५ रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरले बताए । यसपटक न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, चर्च व्वाइज, त्रिभुवन आर्मी फुटबल क्लबसँगै एनएसएल खेलेको विराटनगर सिटी एफसीले पनि गोल्डकपमा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । यसैगरी, चितलाङ फुटबल क्लबले पहिलोपटक पाँचथरमा आएर प्रतिस्पर्धा गर्ने भएको छ ।
आयोजक फिदिम स्पोर्टिङ क्लबसहित सिरहाको सल्हेश एफसी, न्यु स्टार क्लब सुनसरी र झापा फुटबल क्लबले फाल्गुनन्द गोल्कपमा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात