फुङलिङ । दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रेड डेभिल्स मजोमाई, इलाम र गोधुली क्लब, धरान, सुनसरी भिड्ने भएका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलर्फ न्यु स्टार क्लब, बिर्तामोड, झापालाई टाईब्रेकरमा ४–३ ले हराएपछि रेड डेभिल्सले यही मंसिर २२ गते शनिबार हुने फाइनलमा गोधुली क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
त्यसअघि भानु माविको खेल मैदानमा भएको निर्धारित समयको खेलमा रेड डेभिल्स र न्यु स्टारले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने रेड डेभिल्सले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा रेड डेभिल्सका सुजन फागो म्यान अफ दि म्याच घोषित भए । टाईब्रेकरमा फागोले विपक्षीका दुई पेनाल्टी प्रहार जोगाएका थिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे ।
चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई