News
आयोजक डिपिएसलाई उपाधि
बिराटनगर । दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक दिल्ली पब्लिक स्कुल (डिपिएस) ले जितेको छ ।
शुक्रबार आयोजक स्कुल कै खेलमैदानमा भएको उपाधि भिडन्तमा डिपिएसले सनसाईन सेकेण्डरी स्कुललाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा आयोजक डिपिएसले अर्पन इङलिस स्कुललाई पराजित गरेको थियो भने सनसाईनले मोडर्न इरा स्कुललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
दिल्ली पब्लिक स्कुल, बिराटनगरको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बिराटनगरका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक