साँगा । नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन् ।
आजको पहिलो खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५–२ को अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए । तर, ३१औं मिनेटमा नसिब हेन्जनले पेनाल्टी मार्फत साँगाका लागि बराबरी गोल गरे।
खेलको प्रतिस्पर्धात्मक मोडमा दाङले पुनः गोल थप्दै अग्रता लिए पनि ३९औं मिनेटमा साँगाका कमल कटुवालले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा घरेलु दर्शकको समर्थनमा साँगाले उच्च प्रदर्शन गर्दै ५६औं, ६४औं र ७२औं मिनेटमा लगातार गोल गरी खेल आफ्नो पक्षमा मोड्यो ।
साँगा (रेड) का कृशान्तराज गिरी उत्कृष्ट प्रदर्शनसहित दुई गोल गर्दै "म्यान अफ द म्याच" घोषित भए । निश्चल मगरले पनि एक गोल गर्दै टिमलाई महत्वपूर्ण योगदान दिए । यस जितसँगै साँगा (रेड) समूह विजेताको रूपमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ, भने दाङले दुई जित र एक हारको आधारमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्यो् ।
अर्को खेलमा नेपाल एपीएफ स्कुलले नेपाल पुलिस स्कुल शान्तिपुरलाई ७-० को भारी अन्तरले पराजित गर्योी। म्यान अफ द म्याच घोषित भएका अविन बस्यालले एक्लैले चार गोल गरे, जबकि राजेश देवकोटा, बिकास बोहोरा, र प्रिन्स मोक्तानले समान एक-एक गोल थपे।
तेस्रो खेलमा केयूएचएस (KUHS) ले ग्रेसल्यान्ड स्कुललाई ३-१ को अन्तरले हराउँदै सान्त्वना जित हात पार्योस। प्रतियोगिताबाट दुवै टिम बाहिरिइसकेको अवस्थामा प्रतिष्ठाका लागि खेलिएको यो खेलमा केयूएचएसका आर्यन लामा "म्यान अफ द म्याच" घोषित भए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन