News
विश्वकप खेलेका स्वीस खेलाडी वोगेल नेपालमा
काठमाडौं । दशक बढी स्वीजरल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट खेलेका पूर्व स्वीस अन्तर्राष्ट्रिय खेलाडी जोहान वोगेल एक विशेष कार्यक्रमका लागि नेपाल आएका छन् ।
युथ फुटबल कार्यक्रमका लागि फुटबल एकेडेमी नेपालको विशेष निम्तोमा वागेल नेपाल आएका हुन् । करिब साता दिन बसाईको क्रममा उनले युथ खेलाडीहरुसँग अन्तरक्रियासँगै फुटबल सम्बन्धी आफ्नो अनुभव, प्रशिक्षण र सहजीकरण गर्नेछन् ।
सन् १९९५ देखि २००७ सम्म स्वीजरल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने क्रममा वोगेलले सन् १९९६ र २००४ को प्रतिष्ठित युइएफए युरो कप खेल्नुका साथै सन् २००६ को फिफा विश्वकप पनि खेलेका थिए ।
क्लब फुटबलमा भने उनले एसी मिलान (इटाली), पिएसभी (नेदरल्याण्डस), ब्ल्याकबर्न रोवर्स (इङल्याण्ड) जस्ता क्लबहरुबाट व्यवसायीक फुटबल समेत खेलेका थिए ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि