News ब्रदरहुड एफसी उदयपुर सानदार जितका साथ सिरिजङगा गोल्डकपको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा सन्चालित चौथो सिरिजङगा गोल्डकपको दोस्रो क्वाटरफाइलमा न्यू स्टार क्लब झापालाई पराजित गर्दै ब्रदरहुड एफसी बेलका उदयपुर सेमिफाइनल प्रवेश गरेको छ ।

तेल्लोक मा.वि.को खेल मैदानमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा न्यू स्टारलाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै ब्रदरहुड एफसी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

ब्रदरहुडको जितका लागि क्याप्टेन सन्जय श्रेष्ठ र आकास राईले एक एक गोल गरे भने न्यू स्टार झापाका लागि बिदेशि खेलाडी डानियलले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच ब्रदरहुड एफसी उदयपुरका सन्जय श्रेष्ठ घोषित भए । श्रेष्ठले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।

ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपमा मंगलबार तेस्रो क्वाटर फाइनलमा मरिक एफसी सुनसरी र पारिजात एफसी भारत भिड्नेछन । मंसिर २३ गते देखि सुरू भएको गोल्डकप २९ गते सम्म सन्चालनमा रहनेछ ।

आठ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेताले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्ने तेल्लोक स्पोर्टिङक्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

Post Comments