
पोखरा । एन्फा कास्की ११ यहाँ जारी २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ कास्कीले होराईजन फुटबल क्लब, स्याङ्जालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
लेखनाथ रंगशालामा भएको खेलमा कास्कीका लागि मुकुन्द निउरे र अनिश तामाङले गोल गरे । खेलमा अनिश तामाङ म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंसिर २५ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल एन्फा गोरखा र नेपाल पुलिस, गण्डकी प्रदेश बीच हुने आयोजकले जानकारी दियो ।
आदर्श युवा क्लब, पोखरा९२९, भण्डारढिक, सैनिकवस्तीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२५५२५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२५५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।