News
एसियन कप छनौटः नेपालको प्रतिद्वन्द्वी भियतनाम, मलेसिया र लाओस

काठमाडौं । साउदी अरेबियामा हुने सन् २०२७ को प्रतिष्ठित एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ नेपाल समूह एफमा परेको छ । एएफसीले सोमबार निकालेको फाइनल ड्र अनुसार नेपाल समूह एफमा परेको हो ।
जहाँ नेपालले बलिया टोलीहरु भियतनाम, मलेसियासँगै लाओससँग खेल्नेछ । समूहमा रहेको प्रत्येक टोलीले एक अर्कासँग होम एण्ड अवेका आधारमा खेल्नेछन् ।
तेस्रो चरणको छनौट प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने एक टोली मात्र सन् २०२७ को एसियन कपका लागि छनौट हुनेछ ।
साथै छनौट प्रतियोगिताका खेलहरु सन् २०२५ को मार्चदेखि सन् २०२६ को मार्चसम्म चल्ने पनि एएफसीले जनाएको छ ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने