News
एपिएफसँग मनाङ स्तब्ध, जावलाखेल र थ्रीस्टारको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा बिहीबार एक खेलमा स्पष्ट नतिजा निस्किदा अर्को खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को जित निकाल्यो ।
यो नतिजापछि एपिएफ १७ खेलबाट २९ अंकका साथ लिगतालिकाको शिर्ष पाँचभित्र उक्लिएको छ । पराजित मनाङ भने २५ अंकका साथ लिगतालिकाको मध्यतिर छ ।
अर्को खेलमा जावलाखेल युथ क्लब र थ्रीस्टार फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट ३० अंकका साथ थ्रीस्टार शिर्ष तीन कै होडमा छ । जावलाखेल भने २३ अंकका साथ पुछारको टोलीहरुभन्दा केही माथि रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा