तेल्लोक । ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा जारी चौथो सिरिजङगा गोल्डकपको उपाधिका लागि मरिक एफसी सुनसरी र ब्रदरहुड एफसी बेलका उदयपुर भिड्ने भएका छन ।
तेल्लोक मा.वि.को खेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइमलमा वाइ वाइ पॉचथर फुटबल क्लबलाई एकका विरूद्ध तीन गोलले पराजित गर्दै ब्रदरहुड एफसी उदयपुरले फाइनलमा मरिक एफसीसँगको भेट पक्का गरेको हो ।
ब्रदरहुड एफसीको जितका लागि निशान लिम्बु,अमोन लामा र युवराज थापाले एक/एक गोल गरे । पॉचथरका लागि राजेश थापाले सानत्वना गोल गरे । खेलको म्यान अफ दि म्याच ब्रदरहुड एफसीका युवराज थापा घोषित भए । थापाले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।
ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२०औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनल खेल शनिबार हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई