
बुटवल । स्व. प्रशन्न श्रेष्ठ स्मृति प्रथम खस्यौली कप खुला फुटसल प्रतियोगिताको उपाधि आयोजक खस्यौली एफसी, बुटवलले जितेको छ । फाइनलमा न्यु होराईजन स्पोर्टस क्लब, बुटवललाई पेनाल्टी शुटआउटमा हराउँदै खस्यौली च्याम्पियन बनेको हो ।
मोनालिा फुटसलमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक फाइनल खेल ३–३ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा खस्यौलीले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको हो ।
विजेता बनेको खस्यौलीले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता न्यु होराईजनले२५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक खस्यौलीका अनुप राना बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि खस्यौली कै निराजन खत्रीले हात पार्दा उदीयमान खेला न्यु होराईजनका ओसिन थापा घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने खस्यौलीका सदिप केसी घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दिवंगत प्रशन्न श्रेष्ठका बुवा तथा मुख्य प्रायोजक निरज श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष अमित बहादुर आचार्य क्षेत्री, क्लबका संरक्षक गोपाल प्रधान, खेल संयोजक स्वस्तिक श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
खस्यौली एफसी, बुटवलको आयोजनामा मंसिर २९ र ३० गतेका दिन गरी दुई दिने प्रतियोगिता कुल २० टोलीहरुले सहभागिता जनाएको कार्यक्रम संचालक राजु भण्डारीले जानकारी दिए ।