
रामधुनी । तालतलैया फुटबल क्लब, इटहरी जारी तेस्रो रामधुनी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ तालतलैयाले आयोजक उदियमान युवा क्लब, रामधुनीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
तालतलैयाका लागि सुशन लामा र ओरेश चौधरीले गोल गरे । पराजित उदियमानका लागि जोशन राईले एक मात्र गोल गरेका थिए । खेलमा तालतलैयाका ओरेश चौधरी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष १ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ क्लब, पकली र साइनो स्र्पोटिङ क्लब, रानी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ सय हात पार्नेछ भने उपविजेताले ५० हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।