शनिश्चरे । झापाको अर्जुनधारामा १८ वर्षमुनिका खेलाडी उत्पादन गर्ने उद्देश्यले माघको तेस्रो सातामा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
शनिश्चरे फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यू-१८ वडास्तरीय फुटबल प्रतियोगिताको जानकारी दिएको हो । यो प्रतियोगिता तेस्रो संस्करण हो । आगामी माघ २० गतेदेखि २७ गतेसम्म तेस्रो यू-१८ वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहने क्लबका सचिव हरि गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाउने छन् ।
क्लबका कोषाध्यक्ष पेमा तामाङका अनुसार म्यान अफ दी टुर्नामेन्ट, म्यान अफ दी म्याच, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट कोचलगायतका विधामा पनि पुरस्कृत गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ८५ हजार पाँच सय रुपैयाँ खर्च लाग्ने बताइएको छ । मुख्य प्रायोजक, सह प्रायोजक, अर्जुनधारा नगरपालिका, सबै वडा कार्यालय, विभिन्न संघसंस्था र दाताहरुबाट सहयोग रकम जुटाइने कोषाध्यक्ष तामाङले बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा