News स्व. मान बहादुर विश्वकर्मा स्मृति मन्डे एफसी कप शुरु, पहिलो दिन सेमिफाइनल समिकरण पूरा
सुरज राना मगर

बुटवल । मन्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि शुरु स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे कप राष्ट्रिय फुटसल प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुटवल स्थित स्वर्णिम फुटसलमा भएको पहिलो दिन अभिषेक चर्च, रजहर, हिमालयन एफसी, काठमाडौं, फुलबारी गाईज, बुटवल र स्वर्णिम फुटसल, बुटवल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई सेमिफाइनल र फाइनल खेल हुने खेल संयोजक सुरज थापाले जानकारी दिए । पहिलो सेमिफाइनल खेल स्वर्णिम फुटसल, बुटवल र हिमालयन एफसी, काठमाडौं बीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल फुलबारी गाईज, बुटवल र अभिषेक चर्च, रजहर बीच हुने खेल संयोजक सुरज थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी दिवंगत स्व. मान बहादुर विश्वकर्माकी श्रीमती धनकला विश्वकर्मा तथा आयोजक क्लबका अध्यक्ष रवि विश्वकर्माले सयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रचार प्रसार संयोजक मन्जिल विश्वकर्माले बताए ।

Post Comments