News
बौद्ध र फ्रिडम ‘बी’ फाइनलमा

काठमाडौं । बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलमा भइरहेको प्रतियोगितामा बौद्धले फ्रिडम फाइटर क्लब ‘ए’ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बौद्धका गोलरक्षक धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडम फाइटर क्लब ‘बी’ ले जोरपाटी एफसीलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि राजु तामाङले २ तथा निलेन्द्र देवानले १ गोल गरे । जोरपाटीका राकेश लामाले सान्त्वना गोल फर्काए । विजेताका नारोत्तम गौतम ‘म्यान अफ द म्याच’ चुनिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)