News
दमक नगरपालिकालाई प्रथम लोकतान्त्रिक कपको उपाधि
गौरादह । झापा जिल्ला अन्तरपालिका स्तरीय प्रथम लोकतान्त्रिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
गौरादह–१ स्थित जनता माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा दमकले घरेलु टोली गौरादह नगरपालिकालाई १–० ले हराउँदै उपाधि जितेको हो ।
विजेता बनेको दमक नगरपालिकाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता गौरादह नगरपालिका ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नेपाल लोकतान्त्रिक खेलकुद नगर समिति, गौरादह, झापाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा झापा जिल्लाका ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा