काठमाडौं । शुरुवातबाटै प्रभावशाली प्रदर्शन गर्दै आएको विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल बाँकी छँदै जारी ललित स्मति यु–१८ युथ लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
लिगको आफ्नो २१औं चरणको खेलमा पुलिसले मंगलबार चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हराएपछि एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । पुलिसले २१औं खेल खेल्दासम्म १५ खेलमा जित, ३ मा बराबरी र ३ मा हार बेहोरेको थियो ।
यो जितपछि २१ खेलबाट ४८ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । पुलिसलाई पछ्याइरहेको एनआरटी भने २१ खेलबाट ४४ अंकका साथ दोस्रो स्थानमा छ । एनआरटीले मंगलबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई ६–१ ले हरायो । तर, पनि दोस्रो स्थान मै रहन बाध्य बन्यो ।
मंगलबार नै भएका अन्य खेलहरुमा थ्रीस्टारले एपिएफलाई २–० ले हरायो । यो जितपछि २० खेलबाट ३७ अंक जोडेको थ्रीस्टार भने लिगतालिकाको चौथो स्थानमा छ । तेस्रो स्थानमा भने २० खेलबाट ३९ अंक जोडेको संकटा रहेको छ । तेस्रो स्थानको होडमा संकटा र थ्रीस्टारको चुनौति कायम छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा