काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गरायो ।
पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेजलाई मध्यनजर गर्दै पहिलोपटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिता अपेक्षा रहेको घिमिरेले जानकारी दिए । प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ ।
‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’ घिमिरेले भने । अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए ।
प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ । यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ । यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै