हेटौडा । बुधबारदेखि शुरु भएको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दावेदार मध्ये एकका रुपमा हेरिएको काठमाडौंको लिग च्याम्पियन पशुपति शिवजी चित्लाङ फुटबल क्लबले उत्कृष्ट गरेको छ ।
हेटौडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङले काभ्रेको माउण्ट एभरेष्ट क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । चित्लाङका लागि अंकित रासकोटीले ह्याट्रिक गरे । ह्याट्रिककर्ता रासकोटी नै खेलको म्यान अफ दि म्याच चुनिए ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता विहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने एन्फा प्रेसिडेन्ट कपमा सहभागिता जनाउने छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)