News बागमती प्रदेश लिगः दोलखा र सिन्धुलीको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । यहाँ जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा बिहीबार दोलखा र सिन्धुलीले जित हात पारेका छन् ।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । दोलखाका लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरे भने किशोर पण्डितले पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिन्धुलीको जीतमा सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरे । खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार १२ः३० बजे हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Post Comments