News चौथो राइनास कप माघ पहिलो सातादेखि
गोलनेपाल

राइनास । ‘राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद’ भन्ने नाराका साथ गौलीटार क्षेत्रीय खेलमैदान समिति, राइनास नगरपालिका–६, लमजुङको आयोजनामा आउँदो माघ १ गतेदेखि चौथो राइनास कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गौलीटार क्षेत्रीय खेलमैदानमा हुने प्रतियोगिताको यही पुष २६ गतेस्म्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १०,०००+२००० तोकिएको आयोजकले जानकारी दियो ।

राइनास नगरपालिका, लमजुङ मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही ४०–४० हजार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

त्यसैगरी विधागततर्फ तीन विधातर्फका खेलाडीहरु जनही ७५–७५०० नगदसहित ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि नगद १००० र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments