News
जावलाखेल र चर्च ब्वाईजको सुखद समापन
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र चर्च ब्वाईज युनाइटेडले जितका साथ लिगको सुखद समापन गरेका छन् ।
आइतबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । यो जितपछि २२ खेलबाट ३० अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा रहेर सिजनको समापन गरेको छ । पराजित सातदोबाटो भने ११ अंकका साथ पुछारमा रहन बाध्य बन्यो ।
अर्को खेलमा चर्च ब्वाईजले मनाङ मस्र्याङ्दी क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । यो जितपछि २२ खेलबाट २५ अंक जोड्दै लिगतालिकाको आठौं स्थानमा रहेर सिजनको समापन गरेको छ । पराजित मनाङ भने समान २५ अंकका साथ नवौं स्थानमा रह्यो ।
स्मरण रहोस, यु–१८ युथ लिग प्रतियोगिताको उपाधि भने विभागीय टोली नेपाल पुलिस क्लबले यसअघि नै जितिसकेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा