News बागमती प्रदेश लिगको सेमिफाइनल समिकरण पूरा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलहरु सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

जसअन्तर्गत समुह ए बाट पशुपति शिबाजी चित्लाङ एफ सी, समुह बि बाट ब्लु अल्पाईन क्लब सिन्धुली, समुह सी बाट लक्की स्टार क्लब ललितपुर र समुह डी बाट टाईगर टिम दोलखा सेमीफाईनल प्रबेश गर्न सफल भएका छन् । 

सोमबार भएको पहिलो खेलमा सिन्धुलिको ब्लु अल्पाईन क्लबले सिन्धुपाल्चोकको चौतारा स्पोर्टस क्लबलाई २–१ गोलको अन्तरले पराजित गरि समुह बि को बिजेताको रुपमा सेमिफाईनल प्रबेश गरेको हो । खेलमा सिन्धुलिका निर्दोश मुक्तान म्यान अफ द म्याच हुन सफल भए ।

यसैगरी दोस्रो खेलमा महत्वपुर्ण जित निकाल्दै ललितपुरको लक्की स्टार टिम सेमिफाईनलमा आफ्नो स्थान बनाउन सफल भएको छ । ललितपुरले धादिङको धुनिबेसी युथ क्लबलाई तिनका बिरुद्ध एक गोलले पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरेको हो । खेलमा ललितपुरका सुदिप गुरुङ खेलको म्यान अफ द म्याच भए ।

बुधबारबाट सेमीफाइनलका खेलहरु हुनेछन । बुधबार हुने पहिलो सेमीफाईनल खेलमा सिन्धुली र दोलखाको बिचमा हुनेछ भने दोस्रो सेमीफाइनल खेल बिहिबार पशुपति शिवाजी चित्लाङ एफ सी र लक्की स्टारको बिचमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल पुष २० गतेका दिन हुनेछ ।

Post Comments