News
उत्कृष्ट जितका साथ युथ लिगमा थ्रीस्टारको सुखद समापन
काठमाडौं । थ्रीस्टार क्लबले ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितातर्फ आफ्नो अन्तिम खेलमा उत्कृष्ट जित हात पार्दै सिजनको सुखद समापन गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र फुटबल क्लबलाई ५–१ ले हराउँदै सुखद समापन गरेको हो । यो जितपछि २२ खेलबाट ४३ अंक जोडेको थ्रीस्टारले संकटा क्लबलाई पछि पार्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
अब संकटाले मंगलबार हुने खेलमा जित वा बराबरी गरे तेस्रो स्थानमा फर्कनेछ । तर, हार बेहोरे थ्रीस्टारले तेस्रो स्थान पक्का गर्नेछ । त्यस्तै सोमबार थ्रीस्टारसँग पराजित मच्छिन्द्रले ३७ अंकका साथ पाँचौं स्थानमा रहेर लिगको समापन गरेको छ ।
स्मरण रहोस, युथ लिगको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितिसकेको छ । मंगलबार अन्तिम दुई खेलहरुसँग लिगको समापन पनि हुनेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन