
मनहरी । मकवानपुरको मनहरी गाउँपालिकामा सञ्चालन भएको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधी ३ नम्बर वडाले जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा डिफेन्डिङ च्याम्पियन ७ नम्बर वडालाई टाइब्रेकरमा हराउँदै ३ नम्बर वडाले उपाधी कब्जा गर्न सफल भएको हो । विजेता भएको ३ वडाले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता ७ नम्बर वडाले ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ ३ नम्बर वडाका आशिष मोक्तान उत्कृष्ट गोलरक्षक, प्रतियोगिता अवधिभर ४ गोल गरेका ३ नम्बरकै सञ्जिव बल सर्वाधिक गोलकर्ता र ३ कै सुनिल रुम्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै ७ नम्बरका सुदिप सापकोटा उत्कृष्ट डिफेन्डर, ७ कै रबिन खड्का उत्कृष्ट मिडफिल्डर र ४ नम्बर वडाका विशाल प्रजाले उदियमान खेलाडीको पुरस्कार प्राप्त गरे । उनीहरुले जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै फाइनल खेलमा ७ नम्बर वडाका गोलरक्षक विशाल मोक्तान म्यान अफ द म्याच भएका थिए । विजयी तथा विधागत उत्कृष्ट खेलाडीलाई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मनहरी खेलकुद विकास समिति अध्यक्ष नवीन सुवेदीलगायतले पुरस्कृत गरेका थिए ।
मनहरी गाउँपालिकाको आयोजना एवम् मनहरी खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा मनहरी गाउँपालिकाको ९ वटा वडाको सहभागिता रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा