News
तेह्रथुमको दॉगपामा माघेनी मेला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने

दाँगपा । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा यही पुस २७ गते देखि माघ ४ गते सम्म माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
जालपा युथ क्लब चिनेबारीको आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टीम दर्ता गर्ने अन्तिम मिति यही पुस २६ गते सम्म रहेको आयोजकले जनाएको छ ।
माघे सक्रान्तिको अवसरमा आयोजना हुन लागेको मेलामा खेलकुदका साथै स्थानीय जातजातिको संस्कृति झल्कने सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुने बताइएको छ ।
Post Comments
Related News